‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

Nagarpati 1419+ समाचार ( )
१५ माघ २०७९

काठमाडौं, एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता÷दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता÷दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत÷गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।https://m.youtube.com/watch?v=OEDTv4zs1Q4

प्रतिक्रिया

Nmyyko २० मंगशिर २०८०, बुधवार

urso for sale online brand bupropion 150mg order zyrtec 5mg pills

Verzxq २० मंगशिर २०८०, बुधवार

order azithromycin 500mg online buy generic azithromycin buy gabapentin for sale

Zxyzie १८ मंगशिर २०८०, सोमबार

severe stomach paincaused by medication does imodium stop farting most effective anti gas medication

Oegbxa १८ मंगशिर २०८०, सोमबार

buy prednisone pill purchase prednisone sale order amoxicillin generic

Rhvqru १७ मंगशिर २०८०, आइतबार

emergency contraception pill walmart pills to stop premature ejaculation how quickly does tadalafil work

Yiowtk १६ मंगशिर २०८०, शनिबार

buy promethazine generic order stromectol 6mg online ivermectina 6 mg

Aeqgol १५ मंगशिर २०८०, शुक्रबार

antibiotics for gastritis in adults antiarrytmics for atrial fibrillation over counter drug for uti

Meenry १५ मंगशिर २०८०, शुक्रबार

buy cymbalta 40mg pill buy glipizide 10mg sale buy provigil pills

Bmelqe १३ मंगशिर २०८०, बुधवार

buy lamisil tablets online alpha adrenergic blockers medication list dr gundry advice

Nvxsve १३ मंगशिर २०८०, बुधवार

order cyproheptadine generic brand cyproheptadine 4mg cost ketoconazole 200 mg