लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

गन्जी लगाएर कुर्सीमा मन्त्री मनाङ्गे

Nagarpati 2062+ समाचार ( )
१२ श्रावण २०८१

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन् ।

मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन् । 

यसनिम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ । भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका प्रदेश मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन् । नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ । 

फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सकिन्छ । राज्यले सम्मानित ओहोदामा बसेकाले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाकसम्बन्धी निश्चित मापदण्ड बनाएको छ । त्यसमा पनि मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा कसैको दुईमत देखिँदैन । 

‘तर,उनको विगतलाई हेर्दा मनाङ्गेसँग मर्यादित पोशाक र आचरणको अपेक्षा गर्नु पनि राज्य र जनताको अर्को भूल हुनसक्छ,’ उनकै मन्त्रालयमा कार्यरत एक जना अधिकृतले भने । जनआस्था

प्रतिक्रिया

सम्बन्धित समाचार