सरकारले दियो सार्वजनिक बिदा

पशुपती थापा 10+ समाचार ( )
२९ कार्तिक २०७९
काठमाडौँ, आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदान स्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको हो।

यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते बिदा दिइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया