लेटेस्ट न्यूज़
राजसंस्था सपना होईन, नेपाली जनताको माग हो : डा. धवल शमशेर | अखिल क्रान्तिकारी बहुमतले गर्यो ३३ बुँदे घोषणा पत्र सार्वजनिक | अखिल (क्रान्तिकारी) बहुमतले आज पत्रकार सम्मेलन गर्दै | सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा | संवाद डबलीका सचिव धनञ्जय बुढालाई पुरस्कार तथा सम्मान | बहुमतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै | देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव | सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ | अखिल क्रान्तिकारीको 'राष्ट्रका लागि विद्यार्थी' अभियान देशैरभर सन्चालन | 'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' |

'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ'

Nagarpati 1951+ समाचार ( )
२६ माघ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन् ।

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए… किन हेरेको भनेर ?’ उनले अघि भने, ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ ? उल्टै हप्काउँछ ।’

उनले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे । ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो.. ? को हो म चिन्या छ हँ.. भने पछि झन् के हो के हो… यस्तो खाल्को जमाना छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले त्यसा प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार