लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |
लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |


दैलेख क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा धर्मराज रेग्मीको उम्मेदवारी

Nagarpati 2062+ समाचार ( )
यस्ता छन १० प्रतिवद्धता
२ कार्तिक २०७९
विरेन्द्रनगर, नेपाल कम्युनिस्ट पाटी एमालेको तर्फबाट दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार हुन धर्मराज रेग्मी ! उनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद समेत हुन् । हाल नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रेग्मी सबैधानिक कानुनको विज्ञका रूपमा सर्बोच्च अदालतमा वकालत  र सबैधानिक कानुनमा अध्यापन गरेका छन् । उनी अन्तर्राष्ट्रिय एब क्षेत्रीय सम्मेलन, गोस्टी सेमिनारमा सहभागीता जनाइसकेका उनले सांसदहरुको अन्तर्राष्ट्रिय नेटवर्क ग्लोबल पार्लियामेन्ट्री फोरममा २०१९ देखि ०२१ सम्म नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । 

कर्णाली  प्रदेशसभा सदस्यका रूपमा प्रदेश कानुन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गरेका रेग्मीले संविधान निर्माण प्रक्रियामा विषय विज्ञका रूपमा योगदान पनि गरिसकेका छन् । युवाको रोजाइ परेका नेता रेग्मी मानवाधिकार, विधिको शासन, भ्रस्टाचार  विरुद्ध र शुशासनको पक्षमा समर्पित अभियान्ता समेत हुन् । 

उनले कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा कानुन निर्माण, शुशासन र भ्रस्टाचार बिरोधी अभियान्ताका रूपमा अनवरत रूपमा प्रदेश सभामा आवाज बुलन्द गरीरहेको बताए । जनतका आवज प्रदेशसभामा मुखरित गर्न मैले कसैको डर प्रलोभन र लोभमा नपरी सरकारमाथी निरन्तर प्रश्न उठाइरहेको उनले उल्लेख गरे । उनले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्व तहमा हुने भ्रष्टाचार र कमिसनतन्त्रले कर्णालीको गरिबी र बेरोजगारी र अव्यवस्थालाई देखाएर आफ्नो लुटको साम्राज्य चलाइरहेका छ्न । जनप्रतिनिधिको रूपमा मैले लगातार त्यसबिरुद्व आवाज उठाए ।’

उनले आफ्नो निर्वाचन क्षेत्रमा आफू सांसद रहेकै अवधीमा २९ वटा विधालय भवन निर्माण गरिएको बताए । उनले भने, ‘केही रणनीतिक सडक, खानेपानी र कृषि, स्वास्थ क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएका छौं ।’ यो चुनावमा विजयी भए मुलभुत रूपमा प्रदेशसभामा बिधायिकी काममा सक्रिय रहने उनले बताए ।

यो पटक भोट दिएमा विगतमा शुरु गरेका पुर्वाधारका कामहरूको निरन्तरता दिन, सुर्खेत–दैलेख–सडक प्रदेश प्राथमिकतामाको सडकमा राखेर ‘डबललेन’ बनाउने उनले बताए । उनले, ‘पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई रणनीतिक महत्वका रूपमा प्रदेश र संघीय कार्यक्रम मार्फत यथाशीघ्र अगाडि बढाउनेछु ।’

यस्ता छन रेग्मिका प्रतिवद्धता :

१. बिगतमा हामीले शुरु गरेका पुर्वाधारका कामहरूको निरन्तरता दिने ।

२.सुर्खेत - दैलेख - सडक" प्रदेश  प्राथमिकतामाको सडकमा राखेर "डबललेन" बनाउने ।

३. पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई रणनीतिक महत्वका रूपमा प्रदेश र संघीय कार्यक्रम मार्फत यथाशीघ्र अगाडि बढाउने ।

४. अघिल्लो कार्यकालमा  हामीले निर्माण शुरु गरेका गुरासे- तल्लोडुङेश्वोर,/ कोप्ची -कट्टी- रुम देउली/ माथिल्लो डुङेश्वर -पराजुल  चौखेडा हनेटा/ डुङेश्वर - धरमपोखरा / सान्तडा - तुर्सु पोखरा पातिहाल्ना र सान्तडा मेहेल्तोली पातिहाल्ना  सडक निर्माण र स्तरउन्नति गर्ने कार्यलाई निरंतरता दिने ।

५. पालिका केन्द्र र वडाकेन्द्र सम्मका सडक निर्माण कार्य अगाडि बढाउने ।

६.तल्लोडुङेश्वर लोहोरे लेफ्टिङ खानेपानी गुराँस( १/४) लाई प्रदेश गरौवको आयोजना मार्फत अगाडि बढाउने र डुङेश्वर अवलपराजुल / डाडापराजुल ओइरी क्षेत्रको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बृहत खानेपानी आयोजना संचालन गर्ने ।

७. गुराँस - तरकारी पकेट क्षेत्र/ डुङेश्वर फलपुल क्षेत्र र भगवतीमाई लाई पशुपालन क्षेत्रका कार्यक्रमलाई योजनाबद्व रूपमा निरन्तरता दिइनेछ ।

८. कृषि, पर्यटन , पशुपालन र लगु उधोगको क्षेत्रमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने नीति कार्यक्रम र बजेट निर्माण गरिनेछ ।

९. प्राभवकारी कानुन निर्माण,  शुसासन र भ्रष्टाचार विरुद्धको प्रतिबद्धता र अभियानलाई शसक्त बनाउने 

१०. गुण्स्तरीय बिधालय शिक्षा, प्राथमिक स्वास्थ,आधारभुत उत्पादन, र बस्तु तथा सेवाको प्रभावकारीतामा जोड दिने ।

प्रतिक्रिया

सम्बन्धित समाचार