काठमाडौ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडा“ैको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे ।
‘आतोओडा’को अर्थ हुन्छ गाउ“वस्ती । उपन्यास सन्थाल समुदायको सामाजिक, सा“स्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरुले बताए । गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरुको जीवन संघर्ष, सन्थाल गाउ“वस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ ।
सन्थाल समुदायका लक्खी हेमरमहरुले नागरिकता नपाएको कथा सुनाइन् लेखक जानुका खतिवडाले । ‘झापा विद्रोहमा साथ दिने सन्थालरुलाई आज पहिचान र अधिकारविहिन बनाइएको छ’, उनले भनिन् ।
विन्दु शर्माले सन्थाल पात्रहरुको दुःखले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन् । ‘रोकिँदै रोकि“दै पढिरहे“’, उनले भनिन्, ‘उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो आतोओडा । समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास ।’
महेशविक्रम शाहले ‘आतोओडा’मा भुइ“मान्छेका कथा लेखिएको बताए । ‘उपन्यासमा पुरुष पात्रभन्दा नारी पात्र सशक्त रुपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ । सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा आएको छ’, शाहले भने ।
‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन् । झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिमा कहा“ छन् ? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरुलाई यो प्रश्न छ,’ नारायण ढकालले भने । किताब कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यासको मूल्य ३३५ रुपैया“ रहेको छ