बाँके । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अधिवेशन कार्यक्रम उद्घाटन हुँदै थियो जसको प्रमुख अतिथि पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लगायतका बरिस्ठ नेताहरूको उपस्तिथि थियो ।
स्टेज छेउमै एउटा कहालिलाग्दो दृश्य देखियो जसमा आमा र छोरी देखिएका थिए । आफ्नी शारीरिक रुपमा अशक्त भएकी छोरिलाई व्हिल चियरमा लिएर आमा आएकी थिईन । सबैको ध्यान कार्यक्रममै व्यस्त देखिन्थ्यो । केहि आशावादी भएर कार्यक्रममा आएको हुन सक्ने अनुमान लगाएर उनिहरुको स्थानमा हामी जोडियौ ।
यस सम्मेलनमा यी नै क्रान्तिकारी आशा बोकेकी महिला हुन पशुपति शाही । जुम्ला घर भएको र अहिले बाँके जिल्लाको कोहलपुरमा बसोबास गर्दै आईरहेकि पशुपति शाही ३ वर्षको उमेर छदै उनको शरीर शारीरिक रुपमा अशक्त भएको थियो । केही गर्ने, केही बन्ने सपना हुनेबेला पशुपति बिगत १८ वर्ष देखी उनको जीवन व्हील चियरमै बसेर बितेको छ। बुवा नभएको र आमाले मात्र स्याहारसुसार गर्दै आउनुभएको उनले बताउन्छिन । ६० वर्षीय उनकी आमा पम्फा शाही अहिले आफ्नै स्याहार गर्ने कोहि नभएको बताउन्छिन । '' यो बेला उल्टै आफुले अशक्त छोरिलाई स्याहार गर्नुपर्ने अवस्था भएको पशुपति कि आमा कहालिलाग्दो अनुहार देखाउदै आफ्नो भाव व्यक्त गर्छिन ।
आफ्नो श्रीमान पनि नभएकोले उनलाई आर्थिक रुपमा अझ कमजोर पनि बनायो, कोहलपुर आएको ४ महिना मात्र भयो डुडुवा खोलाकै छेउमा भाडामा बस्छौ, " सबै आर्थिक कुरा सकिएको र कसैबाट सहयोग नपाएको गुनासो व्यक्त गर्छिन पशुपति कि आमा पम्फा शाही । जुम्ला घर भएका पम्फा शाही आफ्नी छोरिको अवस्था देखेर आफै निराशा देखिन्छिन , घरी यताउता केही आशाले हेर्छिन अनि थकित मनले स्टेज छेउमै निदाउन्छिन पम्फा । उता भने पशुपति ( जो अशक्त महिला हुन ) असह्य अवस्था बाट नेताहरूको भाषण सुन्न आट गर्छिन उनी अहिले २२ वर्ष कि भैइसकिन । पद्ने लेख्ने समयमा उनी व्हिल चियरमै आफ्नो दिन बिताउदिछिन । उनको शरीर पुर्ण रुपले अशक्त भैइसकेको र ढाड सिदा बनाउने अवस्था पनि नभएको थियो ।
यता उनकी आमा पम्फा शाही केही आशावादी भएर कार्यक्रममा आएको बताउन्छिन । पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ भन्ने गाउँलेको हल्ला सुनेर कार्यक्रममै उपस्तिथि भैइ हाल्छिन पम्फा शाही र उनकि छोरी पशुपति शाही ।छेउको रोस्टम बाट माओवादी केन्द्रका महिला नेताहरु जनयुद्धमा महिलाले नेपाली महिला मुक्ति आन्दोलनमा खेलेको ऐतिहासिक योगदानको भाषण चर्को आवाजमा चर्किरहेको थियो तर तिनै महिलाले त्यो भाषणमा आफ्नो गाँस ,बास र कपासको कतै झिनो सम्बोधन हुन्छ कि भन्ने आशाको किरण खोजीरहेकी थिइन। तिनी महिला जो आफुलाई एउटा बस्ने आवास चाहिएको र कार्यक्रममा आएका कसै बाट सहयोगको आशावादी भएको पम्फा शाही बताउन्छिन।
डुडुवा खोला नजिकै आमा छोरी बस्छौ कुन बेला बर्खामा खोलाले बगाउन्छ थाहा छैन, आफुलाई बस्ने आवास भए केही काम गर्थे छोरिलाई स्याहार गर्ने थिए एक स्वरमा भक्कानिदै व्यक्त गर्छिन। "आम महिलाहरुलाई अधिकार स्थापित त गर्यो तर मेरो सानो बास र अशक्त छोरीको उद्घारको कहिल्यै सम्बोधन गरेन गणतन्त्रले। एक स्वरमा आशावादी हुँदै कहालीलाग्दो अनुहार देखाउदै भन्छिन पम्फा शाही ।